Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

“सुन–चाँदीको कारोबार फेरि ओरालो, कति पुग्यो भाउ?”

“सुन–चाँदीको कारोबार फेरि ओरालो, कति पुग्यो भाउ?”

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको हो ।

आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ । बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य रु चार हजार ४८५ मा कारोबार भएको थियो ।

मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ५९० मा खरिद बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij