Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा महाधिवेशनमा आज केन्द्रीय सदस्यका लागि मतदान हुँदै, केही घण्टामा प्रक्रिया सुरु हुने

रास्वपा महाधिवेशनमा आज केन्द्रीय सदस्यका लागि मतदान हुँदै, केही घण्टामा प्रक्रिया सुरु हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज केन्द्रीय सदस्य पदका लागि मतदान प्रक्रिया हुने भएको छ।

हाल महाधिवेशनस्थलमा दाबी–विरोध सम्बन्धी काम भइरहेको पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्। उनका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि केही घण्टाभित्र मतदान सुरु गरिनेछ।

महामन्त्री बुर्लाकोटीले भने, “२–३ घण्टाभित्र मतदान प्रक्रिया सुरु हुन्छ। पहिलो महाधिवेशन भएकाले अनुभवको कमीका कारण केही ढिलाइ भएको हो।” उनले निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारीका कामलाई तीव्र रूपमा अघि बढाइरहेको समेत बताए। महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया अघि बढेसँगै स्थलमा प्रतिनिधिहरूको चहलपहल बढेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij