Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री शाह, सभापति र वरिष्ठ नेता सर्वसम्मत

महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री शाह, सभापति र वरिष्ठ नेता सर्वसम्मत

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन चलिरहेकै बेला प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौं फर्किएका छन्।

भरतपुर विमानस्थल स्रोतका अनुसार शाह बुधबार बिहान ११ः३१ बजेको उडानमार्फत परिवारसहित काठमाडौं प्रस्थान गरेका हुन्। उनी महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आइतबार चितवन आएका थिए भने मंगलबार सम्पन्न बन्दसत्रमा पनि उपस्थित भएका थिए।

महाधिवेशनबाट शाह वरिष्ठ नेता पदमा सर्वसम्मत चयन भएका छन्। त्यस्तै, पार्टीका संस्थापक नेता रवि लामिछाने पनि निर्वाचनबिनै सभापतिमा सर्वसम्मत चयन भएका छन्। नेतृत्व तहमा सहमतिमार्फत चयन गरिएपछि दुवै पदमा निर्वाचन प्रक्रिया आवश्यक परेन।

यता, महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका ९९ पदका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको छ। उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनपछि आज दिउँसो विद्युतीय मतदान प्रणालीमार्फत निर्वाचन गराउने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ। केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएपछि दोस्रो चरणमा पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij