काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खस–आर्य खुला) पदमा गोरखाका प्रेमकुमार खत्रीले उम्मेदवारी दिएका छन् । उनले कांग्रेसलाई जनतासँग जोडिएको, युवासँग हिँडेको, प्रविधिसँग अघि बढेको र परिणामबाट चिनिने आधुनिक लोकतान्त्रिक शक्ति बनाउने संकल्पसहित उम्मेदवारी दिएको बताए ।
गोरखा क्षेत्र नम्बर १ का खत्रीले बदलिँदो समयसँगै कांग्रेसको सोच, संगठन र काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको बताए ।उनले जनताले कांग्रेससँग केवल सत्ता नभई भरोसा, युवाले आश्वासन नभई अवसर तथा कार्यकर्ताले भाषण नभई सम्मान र न्याय खोजिरहेको उल्लेख गरे । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहीबार मतदान हुँदैछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij