Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ

लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारी साधन चलाउने ५ जना चालक र १ जना सह–चालकलाई नियन्त्रणमा लिएको छ।

गत असार ८ गते बिहान ११:०० बजेको समयमा बागलुङ नगरपालिका वडा नं. ०१, मालढुङ्गास्थित सडक खण्डमा गरिएको नियमित चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक कार्यालय र प्रहरी चौकी मालढुङ्गाको संयुक्त टोलीले सार्वजनिक सवारीका चालक तथा सह–चालकहरूलाई 'टीएचसी' (THC) लागूऔषध सेवन किटमार्फत परीक्षण गरेको थियो।

परीक्षणका क्रममा लागूऔषध सेवन गरी सवारी चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई असार ९ गते बागलुङ जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेहरूमा गणेश शर्मा,  ढाकाराम तिवारी,  शंकर शर्मा,  विशाल किसान, सुनिल सार्की र अविनास सार्की (सह–चालक) रहेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij