चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाविधेशनमा प्रतिनिधिहरूले बुझाएको ५ हजार शुल्क फिर्ता लिन सक्ने भएका छन् । मंगलबार दिउँसो सुरु भएको बन्दसत्रमा बोल्दै सभापति रवि लामिछानेले प्रतिनिधिले चाहे ५ हजार शुल्क फिर्ता लैजानसक्ने र नतिरेको भए नतिर्न पाउनेगरी ऐच्छिक बनाउन निर्देशन दिएका छन् ।
उनले महाधिवेशन केहीदिन लम्बिदा प्रतिनिधिहरूको खर्च बढ्नसक्ने भएकाले पार्टीले वैकल्पिक व्यवस्था गरेर भएपनि खर्च व्यवस्थापन गर्ने तर, गाह्रो हुने वा नसक्नेले रकम फिर्ता लैजानसक्ने बताए । उनले आर्थिक समस्या कै कारण कोही फिर्ता जानुपरे वा कुनै समस्या भएमा पार्टीलाई जानकारी गराउन आग्रह गरे ।
उनले पार्टीको ऐतिहासिक महाधिवेशन भएकोले चुन्ने र चुनिने अधिकारबाट कोही पनि वञ्चित हुन नहुने बताए । सोमबार हिजो नै सुरु हुने बन्दसत्र प्रतिनिधिहरू चयन विवादका कारणले आज मंगलबार मात्रै सुरु भएको हो । रास्वपाको महाधिवेशनमा प्रतिनिधीहरुको संख्या झण्डै ४२ सय पुगेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij