Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत निर्वाचन हुने

रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत निर्वाचन हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुने भएको छ। निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। बन्दसत्र दिउँसो २ बजे सुरु भई साँझ ६ः४५ बजे समापन हुने कार्यक्रम छ।

निर्वाचनमा विद्युतीय उपकरण प्रयोग गरिनेछ। प्रवासमा रहेका प्रतिनिधिका लागि पार्टीको आफ्नै एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। करिब ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने तयारी गरिएको छ।

यस निर्वाचनबाट एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ। कुनै उम्मेदवारका प्रस्तावक वा समर्थकले अन्य पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij