Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी

भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी

भक्तपुर : ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई सोमबार राति पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा हाल भक्तपुरको गठ्ठाघर बस्ने सुनसरीको धरान उपमहानगरपालिका-४ घर भएका ३८ वर्षीय भीमबहादुर राई रहेका छन्।

राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। उक्त उजुरीका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका राईमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij