चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनको बन्द सत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन पार्टीले विशेष सुरक्षा प्रबन्ध गरेको हो। बन्द सत्र हुने हलमा प्रतिनिधि र आधिकारिक व्यक्तिबाहेक अन्य कसैलाई प्रवेश गर्न नदिइएको र सुरक्षाकर्मीले प्रत्येक व्यक्तिको परिचयपत्र जाँच गरेका छन्।
महाधिवेशनस्थलको मुख्य प्रवेशद्वारमा नेपाल प्रहरीसँगै निजी सुरक्षा गार्ड (बाउन्सर) परिचालन गरिएको छ। परिचयपत्रविना कसैलाई पनि प्रवेश अनुमति दिइएको छैन। यस्तै, सुरक्षालाई थप प्रभावकारी बनाउन मुख्य गेट तथा बन्द सत्र हलको प्रवेशद्वारमा मेटल डिटेक्टरको प्रयोग गरिएको छ। बन्द सत्रमा सहभागी प्रतिनिधि तथा पदाधिकारीहरूलाई समेत सुरक्षा जाँचपछि मात्रै प्रवेश गराइएको छ।
पार्टी नेतृत्वले महाधिवेशनको बन्द सत्रलाई व्यवस्थित र निर्वाध रूपमा सञ्चालन गर्न सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij