Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बालेन शाहको प्रतिबद्धता : सुकुमवासी र सहकारी समस्या यही कार्यकालमै समाधान गर्ने घोषणा

बालेन शाहको प्रतिबद्धता : सुकुमवासी र सहकारी समस्या यही कार्यकालमै समाधान गर्ने घोषणा

चितवन : प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । चितवनको भरतपुरमा आइतबार सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारले जनतासँग गरेका प्रमुख समस्याहरू समाधानतर्फ केन्द्रित भएर काम गरिरहेको बताए ।

“हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं,” प्रधानमन्त्री शाहले भने । उनले आगामी निर्वाचनमा पुरानै एजेन्डा दोहोर्‍याएर नजाने स्पष्ट पार्दै नयाँ एजेन्डासहित अघि बढ्ने सरकारको योजना रहेको बताए । “अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौं । नयाँ एजेन्डा बोकेर जाने हो,” उनले भने ।

प्रधानमन्त्री शाहले सरकारलाई परिणाममुखी बनाउने र जनताका दीर्घकालीन समस्याहरू समाधान गर्ने दिशामा काम अघि बढाइरहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij