Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाललाई जिताउन राजनीतिमा आएका हौं, कसैलाई हराउन होइन : स्वर्णिम वाग्ले

नेपाललाई जिताउन राजनीतिमा आएका हौं, कसैलाई हराउन होइन : स्वर्णिम वाग्ले

चितवन  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी कसैलाई हराउने उद्देश्यले नभई देशलाई जिताउने लक्ष्यका साथ राजनीतिमा आएको बताएका छन् । चितवनमा आइतबार सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा पुरानो पुस्तासँग संघर्ष गर्न नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्न मैदानमा आएको बताए । “हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौं । हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं,” वाग्लेले भने ।

उनले रास्वपाले केवल असन्तुष्टि र आक्रोशको राजनीति मात्र नगरी आशा र भरोसाको राजनीति अघि बढाउनुपर्ने धारणा राखे । पार्टीले आलोचना मात्र नभई व्यवहारिक विकल्प प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो । “रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ । आलोचना मात्र होइन, विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ,” उनले भने । वाग्लेले देशमा सकारात्मक परिवर्तनका लागि जिम्मेवार, परिणाममुखी र निर्माणमुखी राजनीति आवश्यक रहेको उल्लेख गर्दै रास्वपालाई त्यसको नेतृत्व गर्ने शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij