काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। उद्घाटन सत्रमा काठमाडौं महानगरपालिकाका मेयर तथा वरिष्ठ नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका हुन्।
यसअघि नेपाली कांग्रेसका तर्फबाट उपसभापति पुष्पा भुसाल सहभागी हुने तय भए पनि अन्तिम समयमा सभापति थापा स्वयं उपस्थित हुने निर्णय गरिएको हो। सभापति लामिछाने शनिबार नै भरतपुर पुगेका थिए भने मेयर बालेन आइतबार चितवन पुगेका हुन्। सभापति थापा पनि आजै भरतपुर पुग्ने कार्यक्रम रहेको छ। रास्वपाले उद्घाटन सत्रका लागि सबै प्रमुख राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई निमन्त्रणा गरेको थियो। महाधिवेशन चितवनको भरतपुरमा आजदेखि सुरु भई असार ९ गतेसम्म चल्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij