चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज भरतपुर आइपुगेका छन्। शाह काठमाडौंबाट बुद्ध एयरको नियमित उडानमार्फत भरतपुर विमानस्थल अवतरण गरेका हुन्। विमानस्थलबाट बाहिरिने क्रममा उनी आफ्नी छोरीलाई काखमा बोकेको अवस्थामा देखिएका थिए। उनकी पत्नी सविना काफ्ले पनि सँगै चितवन पुगेकी छन्।
विमानस्थलबाट उनी सिधै कालिका नगरपालिका–११ शक्तिखोरस्थित लटौली रिसोर्टतर्फ प्रस्थान गरेका छन्। सुरक्षा स्रोतका अनुसार शाहले केही समय त्यहाँ विश्राम गरेपछि महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आज दिउँसो २ बजे भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij