Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन निकुञ्जमा नेपाली पर्यटकको लर्को, भ्रमण संख्या ४८ हजार नाघ्यो

चितवन निकुञ्जमा नेपाली पर्यटकको लर्को, भ्रमण संख्या ४८ हजार नाघ्यो

चितवन : सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। निकुञ्ज प्रशासनका अनुसार आन्तरिक पर्यटकको आगमन झन्डै दोब्बरले बढेको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापाले गत चैत २३ गते सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेयता निकुञ्ज घुम्न आउने नेपाली पर्यटकको सङ्ख्या निरन्तर बढ्दै गएको जानकारी दिए। उनका अनुसार गत वर्षको यही अवधिसम्म ३१ हजार ५७७ जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भने ४८ हजार ५९८ जना आन्तरिक पर्यटक निकुञ्ज पुगेका छन्।

निकुञ्ज प्रवेशका लागि आठ वटा नाका सञ्चालनमा रहेका छन्। पर्यटकलाई निकुञ्जभित्र घुमाउन ७२ वटा जीपले अनुमति लिएका छन्। जीप सफारीका साथै पैदल यात्रा र वन्यजन्तु अवलोकनका लागि समेत पर्यटक निकुञ्ज पुग्ने गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका दुर्लभ वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिने भएकाले आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको निकुञ्ज प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट