Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नारायणी नदीमा हाम फालेका वृद्धको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

नारायणी नदीमा हाम फालेका वृद्धको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

नवलपरासी (पूर्व) : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

देवचुली नगरपालिका–११ धारापानी निवासी ६२ वर्षीय झनकप्रसाद पौडेलले बिहीबार बिहान नारायणी नदीमा हाम फालेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म, पूर्वी नवलपरासीबाट खटिएको उद्धार टोली तत्काल घटनास्थल पुगेको थियो।

सशस्त्र प्रहरीको टोलीले मोटरबोटको प्रयोग गरी नदीबाट पौडेलको सकुशल उद्धार गरेको हो। उद्धारपछि उनलाई थप उपचारका लागि चितवन अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

अस्पतालका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। समयमै उद्धार कार्य सम्पन्न भएकाले सम्भावित मानवीय क्षति टर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट