Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव

रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव

काठमाडौँ : युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले विद्यमान वैदेशिक रोजगार ऐनलाई टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन नसक्ने बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यमान वैदेशिक रोजगार ऐन लगाम विनाको घोडा जस्तो भएको टिप्पणी गरे ।  उनले भने- ‘विद्यमान वैदेशिक रोजगार ऐन लगाम विनाको घोडा हो । यही ऐनलाई टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्दैन । ऐन अनुसार रोजगारदाता माथि नियन्त्रण गर्न सकिएको छ । व्यवसायीलाई व्यवसाय गर्न नियन्त्रण गरिएको छ । श्रमिकको सुरक्षा मजबुत छ ।’ श्रममन्त्री यादवले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्नको लागि नीतिमा डिपाचर गर्न आवश्यक रहेको बताए । उनले मन्त्रालयको प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण श्रम रोजगार क्षेत्रलाई डिजिटलाइज गर्ने भएको बताए ।

उनले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरी समग्र श्रम क्षेत्रको सुधार गर्ने लक्ष्य लिएको बताए । श्रममन्त्री यादवले वैदेशिक रोजगार क्षेत्र सुधारको लागि रोजगारदाता देशहरूसँग समन्वयकारी भूमिका खेलिरहेको बताए । श्रममन्त्री यादवले जुन देशले नेपाली श्रमिकलाई मर्यादित श्रम,उचित पारिश्रमिक, कार्यस्थलमा सुरक्षा, सामाजिक सुरक्षा, आत्मसम्मान र आधारभूत जीवनस्तरका लागि उपयुक्त काम दिन नसक्ने जुनसुकै देशमा भए पनि श्रमिक नपठाउने बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट