चितवन : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा चितवनका विपेन्द्र रामुदामु मनोनीत भएका छन्।
उनी लामो समयदेखि सुनचाँदी व्यवसाय, दलित अधिकारको वकालत तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। संगठनभित्र दलित समुदायको हक, अधिकार र सामाजिक न्यायका मुद्दामा निरन्तर सक्रिय भूमिकाका कारण रामुदामुको नेतृत्व सर्वसम्मत रूपमा स्वीकार गरिएको छ। उनको मनोनयनसँगै दलित समुदायका अधिकारका विषयलाई अझ सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।
नवनियुक्त अध्यक्ष रामुदामुलाई विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यससँगै दलित संघले आगामी दिनमा संगठन सुदृढीकरण, समुदाय सशक्तीकरण र अधिकारमुखी अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।