Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल ज्योतिष परिषद् चितवनको उपाध्यक्षमा अनिता आचार्य सर्वसम्मत चयन

नेपाल ज्योतिष परिषद् चितवनको उपाध्यक्षमा अनिता आचार्य सर्वसम्मत चयन

चितवन : नेपाल ज्योतिष परिषद् चितवन जिल्ला कार्यसम्पादन समितिको उपाध्यक्ष पदमा अनिता आचार्य सर्वसम्मत रूपमा मनोनयन गरिएको छ।

परिषद्को हालै सम्पन्न बैठकले ज्योतिष क्षेत्रप्रति सक्रिय योगदान र संस्थागत गतिविधिमा देखाएको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै उक्त पदमा अनितालाई सर्वसम्मत मनोनयन गरेको अध्यक्ष भरत आचार्यले जानकारी दिए । नवनियुक्त उपाध्यक्षले आफूलाई दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै परिषद्को विकास, ज्योतिष विज्ञानको प्रवर्द्धन तथा संस्थालाई थप सशक्त बनाउने कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

परिषद्का पदाधिकारी तथा सदस्यहरूले नवनियुक्त उपाध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वले संस्थाको गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। नेपाल ज्योतिष परिषद् चितवनले ज्योतिष विज्ञानको अध्ययन, अनुसन्धान, संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्वको आगमनसँगै परिषद्का गतिविधि थप गतिशील बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट