Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बागमतीका पत्रकारलाई एक करोड बजेट

बागमतीका पत्रकारलाई एक करोड बजेट

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने उद्देश्यसहित एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सोमबार बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले पत्रकारको सामाजिक सुरक्षा र बीमा कार्यक्रमका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए। मन्त्री तामाङका अनुसार स्वतन्त्र प्रेसको सम्मान गर्दै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने तथा बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो।

उनले पत्रकारिताको पेशागत सुरक्षालाई मजबुत बनाउन र जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गरेको बताए। सरकारको यो निर्णयलाई पत्रकारहरूको सामाजिक सुरक्षा सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट