Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सातै प्रदेशले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै

सातै प्रदेशले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै

काठमाडौँ : सातै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्ने भएका छन्। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले सम्बन्धित प्रदेश सभामा आगामी वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने तयारी गरेका हुन्।

संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार १ गतेभित्र प्रदेश सरकारहरूले वार्षिक बजेट ल्याउनुपर्ने प्रावधान छ। सोही व्यवस्था अनुरूप आज सातै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन्। यसअघि सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेको छ। कार्यतालिका अनुसार मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ। त्यसैगरी कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट ल्याउनेछ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे आ–आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ ५ बजे बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्। प्रदेश सरकारले आगामी वर्षका लागि विकास आयोजना, सामाजिक कार्यक्रम, पूर्वाधार विस्तार तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट