चितवन : पूर्वमन्त्री विक्रम पाण्डेले योगी नरहरिनाथ आश्रम वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा पुगेर पूजा अर्चना गरेका छन् । शनिबार महायज्ञमा पुगेका पाण्डेले पूजा अर्चना गर्नुका साथै महायज्ञलाई सफल बनाउन एक लाख रुपैयाँ दान गर्ने घोषणा गरे ।
साथै, आवश्यक परेमा जुनसुकै कुरामा आफुले सक्दो सहयोग गर्ने उनले वचन पनि दिए । उनले भने, ‘धर्मले जोड्छ, संस्कृतिले चिनाउँछ । महायज्ञलाई आवश्यक परेमा सक्दो सहयोग गर्नेछु ।’
गत वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष योगिनरहरिनाथ साङ् कोटिहोम महायज्ञ आगामी असार १३ गते सम्पन्न हुँदै छ । महायज्ञको मुख्यकर्तामा प्रेमनीधि भारद्धाज रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij