Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मुस्ताङको स्वाद अब चितवनमै, थकाली खानाका पारखीका लागि क्षेत्रपुरमा खुल्दै ‘लिम्बा थकाली’ रेष्टुरेन्ट !!

मुस्ताङको स्वाद अब चितवनमै, थकाली खानाका पारखीका लागि क्षेत्रपुरमा खुल्दै ‘लिम्बा थकाली’ रेष्टुरेन्ट !!

भरतपुर : भरतपुर महानगरपालिका–२, क्षेत्रपुरमा वास्तविक थकाली खानाको स्वाद पस्कने उद्देश्यसहित ‘लिम्बा थकाली’ सञ्चालनमा आउने भएको छ।
पछिल्लो समय थकाली खाना खानका लागि विभिन्न स्थानमा पुग्दा पनि उपभोक्ताले अपेक्षा गरेअनुसारको स्वाद पाउन नसकेको गुनासोलाई मध्यनजर गर्दै रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागिएको व्यवस्थापनले जनाएको छ। उपभोक्ताको चाहना, स्वाद र खोजीलाई प्राथमिकतामा राखेर मौलिक थकाली परिकार उपलब्ध गराउने लक्ष्यका साथ ‘लिम्बा थकाली’ सुरु गर्न लागिएको हो।

थकाली खानाको विशेषता नै यसको स्वाद र परिकारको विविधतामा हुने भएकाले रेष्टुरेन्टमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ मुस्ताङबाट ल्याइएको व्यवस्थापनले जनाएको छ। विशेषगरी मुस्ताङको कालो सिमी, जिम्बू, टिमुर तथा जेठोबुढो चामल प्रयोग गरी परम्परागत स्वादलाई जोगाउने प्रयास गरिएको छ।

खाना तयारीका लागि थकाली समुदायका अनुभवी भान्सेहरूलाई समेत ल्याइएको छ, जसले मौलिक थकाली परिकारको स्वादलाई अझ प्रामाणिक बनाउने विश्वास गरिएको छ।
यसअघि जापानीज ढुंगामा पोलेको मासु (स्टोन ग्रिल) को परिकार पस्केर उपभोक्तामाझ लोकप्रियता हासिल गरेको यही व्यवस्थापनले अब चितवनवासीलाई नयाँ स्वाद र अनुभव दिन ‘लिम्बा थकाली’ सञ्चालनमा ल्याउन लागेको जनाएको छ। व्यवस्थापनका अनुसार रेष्टुरेन्टले पारम्परिक थकाली खानासँगै गुणस्तरीय सेवा र पारिवारिक वातावरण प्रदान गर्दै चितवनका खानाका पारखीहरूको रोजाइ बन्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट