काठमाडौं : भारतमा खाना पकाउने घरेलु एलपी ग्यास सिलिन्डरको मूल्यमा फेरि वृद्धि गरिएको छ। १४.२ किलोग्राम क्षमताको सिलिन्डरमा २९ भारतीय रुपैयाँले मूल्य बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। नयाँ मूल्य आइतबारदेखि लागू भएको हो। पछिल्ला तीन महिनाभित्र घरेलु ग्यासको मूल्य दोस्रो पटक बढाइएको बताइएको छ।
नयाँ दरअनुसार भारतको राजधानी नयाँदिल्लीमा १४.२ किलोग्राम क्षमताको एलपी ग्यास सिलिन्डरको मूल्य ९१३ रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ। यसअघि गत मार्च ७ मा पनि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको उतारचढाव र आपूर्ति शृंखलामा परेको प्रभावका कारण प्रति सिलिन्डर ५० रुपैयाँले मूल्य बढाइएको थियो।
नेपालमा एलपी ग्यासको मूल्य नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा समायोजन गर्दै आएको छ। भारतमा भएको पछिल्लो मूल्य वृद्धिले नेपालले आयात गर्ने ग्यासको लागत बढ्न सक्ने भएकाले आगामी मूल्य सूचीमा पनि स्वचालित रूपमा मूल्य समायोजनको सम्भावना बढेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij