Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (माओवादी) को आपत्ति, आज देशव्यापी मशाल जुलुस गर्ने

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (माओवादी) को आपत्ति, आज देशव्यापी मशाल जुलुस गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता विरुद्ध रहेको बताएका हुन् । 

जेठ १७ गते संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले 'नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको रहेछ' भनी दिएको अभिव्यक्ति आपत्तिजनक र खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ। माओवादीले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता लगायतका दर्जनौं नेपाली भूमि भारतीय पक्षबाट मिचिएको दाबी गर्दै प्रधानमन्त्रीको पछिल्लो भनाइले भारतीय विस्तारवादलाई सहयोग पुग्ने आरोप लगाएको छ।

विज्ञप्तिमा प्रधानमन्त्रीको उक्त कदमलाई 'नवदलाल पुँजीवादी र राष्ट्रघाती चरित्र'को संज्ञा दिँदै यसले आम देशभक्त नेपालीको भावनामा चोट पुर्‍याएको उल्लेख गरिएको छ। प्रधानमन्त्रीको यस अभिव्यक्तिको सशक्त प्रतिवाद गर्न भन्दै पार्टीले आजै साँझ ७ बजे देशभर मशाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट