पोखरा : पोखराको बहुप्रतीक्षित योजना पोखरा बसपार्क निर्माणका लागि महानगरले तीव्र तयारी थालेको छ । यसअघि वैशाख ४ गते निकालिएको ३५ दिने सूचना शनिबार सकिएको छ ।
मेयर धनराज आचार्यले ३५ दिनको म्याद सकिएपछि डोजर लिएर निस्किने बताएका थिए । तर, स्थानीयहरुकै मागका आधारमा संरचना हटाउन थप १५ दिनको म्याद दिइएको छ । उनले बसपार्क क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यका साथ आवश्यक प्रक्रिया अघि बढाएको बताए । नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन महासंघले लामो समयदेखि भोगचलन गर्दै आएको आफ्नो कार्यालय भवन र परिसर पोखरा उपत्यका नगर विकास समितिलाई शनिबार हस्तान्तरण गरेको छ । यसले महानगरलाई काम गर्न थप सहजता ल्याएको मेयर आचार्यले बताए ।
पोखरा बसपार्कको जग्गामा नेकपा एमाले र नेपाली काँग्रेस निकट संघ संगठनका कार्यालय पनि सञ्चालनमा छन् । त्यसबाहेक, विभिन्न सामाजिक संघ संस्थाका भवन पनि छन् । सबैले आफ्ना भवन खाली गर्न थालिसकेका छन् । बसपार्क क्षेत्रमा रहेका जग्गाधनीहरूसँग भएको छलफलपछि सबै सटर र कबलहरू १५ दिनभित्र खाली गर्ने सहमति भएको महानगरले जनाएको छ । सोहीअनुसार, पोखरा उपत्यका नगर विकास समितिले १५ दिनको समयसीमा तोक्दै लालपुर्जा भएको जमिनमा रहेका पसल, कबल, कम्प्लेक्स र पम्पहरू हटाउन सूचना जारी गरेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij