Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सङ्खुवासभामा पहिरोले भेडीगोठ पुरियो : २१८ भेडा बेपत्ता, एक गोठाला घाइते

सङ्खुवासभामा पहिरोले भेडीगोठ पुरियो : २१८ भेडा बेपत्ता, एक गोठाला घाइते

सङ्खुवासभा :   सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन्।आज बिहान आएको पहिराले मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।

वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो आएको हो। पहिराले स्थानीय दलबहादुरका २५० भेडामध्ये २१८ भेडा पहिरोमा पुरिएर बेपत्ता भएका हुन्। पहिरोमा पुरिएका ३२ भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्। 

बाढीमा परेर भेडा गोठालाको काम गर्दै आएका स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहेका छन्।

घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। घटनास्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा र करिब १० घण्टा पैदल दुरीमा पर्दछ।

घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीयवासी उघार तथा खोजी कार्यका लागि घटनास्थलतर्फ गएका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट