चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय स्कुल अफ हेल्थ साइन्स, भरतपुरले शैक्षिक सत्र २०८३–०८४ का लागि डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको भर्ना प्रक्रिया सुरु गरेको छ।
शिक्षालयले एक सूचना जारी गर्दै विभिन्न छ वटा विषयमा अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको हो।सूचना अनुसार सामान्य चिकित्सामा ६२, फार्मेसीमा ४०, मेडिकल ल्याब टेक्नोलोजीमा ३०, फिजियोथेरापीमा ४०, डेन्टल हाइजिनमा ४० र रेडियोग्राफीमा ३० गरी कुल २४२ सिटमा भर्ना लिइनेछ। यी सिटहरूमा खुल्ला, लक्षित वर्ग, परिषद् कर्मचारी र अन्य विभिन्न कोटा समेत निर्धारण गरिएको छ।
कार्यक्रम अनुसार शुल्क फरक–फरक तोकिएको छ। सामान्य चिकित्सा र फार्मेसीका लागि वार्षिक ४८ हजार ६२५ रुपैयाँ र मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फिजियोथेरापी तथा डेन्टल साइन्सका लागि वार्षिक ५२ हजार १२५ रुपैयाँ शुल्क तोकिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij