Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

संघीय संसद्को विजनेश : बजेटसँगै ८ अध्यादेश प्रतिस्थापनसंघीय संसद्को विजनेश : बजेटसँगै ८ अध्यादेश प्रतिस्थापन

संघीय संसद्को विजनेश : बजेटसँगै ८ अध्यादेश प्रतिस्थापनसंघीय संसद्को विजनेश : बजेटसँगै ८ अध्यादेश प्रतिस्थापन

काठमाडौं : संघीय संसद्को बर्खे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । बर्खे अधिवेशनमा सरकारको आर्थिक वर्षको बजेटसम्बन्धी मुख्य काम हुन्छ । त्यो बाहेक अहिले वालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएका ८ अध्यादेश प्रतिस्थापन अधिवेशनको विजनेश हुने भएका छन् । ती अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक अधिवेशन सुरु हुने दिन आजै पेस हुने कार्यतालिका संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ । 

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यतालिका अनुसार प्रधानमन्त्री शाहले आ ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन् ।  

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नेछन् ।

यी आज दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनमा विजनेश रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम पनि अधिवेशनको विजनेश हो । संघीय संसद् सचिवालयले यी बाहेक अरु विधेयक तयारी अवस्थामा रहेको सरकारले बताए पनि दर्ता भइनसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट