Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

जन्मदिनमै ९९औं पटक रक्तदान गर्दै अबिरलले दिए मानवताको सन्देश

जन्मदिनमै ९९औं पटक रक्तदान गर्दै अबिरलले दिए मानवताको सन्देश

भरतपुर : आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै भरतपुर निवासी अबिरल पोख्रेल ले ९९औं पटक रक्तदान गरेका छन्।  बिहान परिवारसहित मन्दिर दर्शन गरेर फर्किएका पोख्रेलले त्यसपछि रक्तसञ्चार केन्द्र पुगेर रक्तदान गरेका हुन्। निधारमा रातो टिका र अनुहारमा मुस्कानसहित रक्तदान गरिरहेको उनको तस्बिर सामाजिक सञ्जालमा चर्चामा छ।

पोख्रेल विगत लामो समयदेखि प्रत्येक तीन महिनामा नियमित रूपमा रक्तदान गर्दै आएका छन्। उनले जन्मदिन मनाउने सबैभन्दा राम्रो माध्यम कसैको ज्यान बचाउन सक्नु भएको बताउँदै रगतको विकल्प नभएकाले सक्ने सबैलाई रक्तदान गर्न आग्रह गरे।

रक्तसञ्चार केन्द्रका कर्मचारीहरूले ९९ पटक रक्तदान गर्नु आफैंमा उदाहरणीय र प्रेरणादायी कार्य भएको बताएका छन्। एक व्यक्तिले नियमित रक्तदानमार्फत सयौं बिरामीको जीवन बचाउन सक्ने विश्वास गरिएको छ।

पोख्रेलले आफ्नो १००औं रक्तदानलाई अझ विशेष कार्यक्रमका साथ मनाउने योजना रहेको पनि बताएका छन्।

 
 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट