Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ट्याक्टरको ठक्करले बालिकाको ज्यान गयो, बुवा घाइते

ट्याक्टरको ठक्करले बालिकाको ज्यान गयो, बुवा घाइते

सर्लाही : सर्लाहीमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुवा घाइते भएका छन्।

शुक्रबार साँझ लालबन्दी नगरपालिका-४ हरिवभनमा ना.५ त ३११३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलको पछाडि सवार बालिकाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा लालबन्दी नगरपालिका ९ बस्ने ४० वर्षीय सन्तोष भट्टराईकी छोरी ६ वर्षीय अन्सु छिन्।

ट्याक्टरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका बालिकाका बुवा सन्तोष भट्टराई पनि गम्भीर घाइते भएका छन्। हरिपुर-लालबन्दी भित्री सडक खण्डमा हरिपुरबाट लालबन्दीतर्फ आउँदै गरेको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेका साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। 

शरीरका विभिन्न भागमा चोट लागेका सन्तोषको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले जानकारी दिए। दुर्घटनापछि प्रहरीले ट्याक्टर चालक लालबन्दी-१७ बस्ने ५० वर्षीय दुर्गामान थोकरलाई नियन्त्रणमा लिएको छ। बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट