Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु

गाजा : प्यालेस्टिनी क्षेत्रका विभिन्न स्थानमा प्रहरीलाई लक्षित गरी भएको इजरायली आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको गाजाको नागरिक रक्षा एजेन्सीले जनाएको छ ।

अक्टोबरको युद्धविरामको बाबजुद, इजरायली आक्रमण जारी रहँदा गाजाले दैनिक हिंसाको सामना गर्न बाध्य छ भने इजरायली सेना र हमास दुवैले एकअर्कालाई युद्धविराम तोडेको आरोप लगाएका छन् ।

खान युनिसको अल–मवासी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा एक बालकसहित आठ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । उत्तरी गाजाको बेत लाहियाको कमल अदवान अस्पताल नजिकैको आवासीय घरमा भएको इजरायली आक्रमणमा आमा र दुई बच्चासहित तीन जनाको मृत्यु भएको जनाइएको छ ।

इजरायली विमानले गाजा सहरको प्रहरी गस्तीमा प्रहार गर्दा दुई जना प्रहरी अधिकारीेको ज्यान लिएको अन्य दुई जना घाइते भएको जनाइएको छ । गाजाको अल–सिफा र नासेर अस्पतालले पीडितहरुको नाम प्रकाशित गर्दै मृत्युकको सङ्ख्या पुष्टि गरेको छ । युद्धविराम सुरु भएदेखि कम्तिमा ७९२ जना प्यालेस्टिनीहरुको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै गरी इजरायली सेनाले युद्धविराम सुरु भएदेखि गाजामा पाँच जना सैनिक मारिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij