Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भ्रष्टाचार मुद्दामा नेतन्याहुको बयान स्थगित

भ्रष्टाचार मुद्दामा नेतन्याहुको बयान स्थगित

जेरुसेलम : जेरुसेलमको एउटा अदालतले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचार मुद्दामा दिने भनिएको बयान यस हप्ताका लागि रद्द गर्ने निर्णय गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नेतान्याहुको पक्षका वकिलले ‘सुरक्षा र कूटनीतिक कारण’ देखाउँदै बयान स्थगित गर्न अनुरोध गरेका थिए, जसलाई अदालतले स्वीकार गरेको हो ।

हाल उक्त मुद्दा नेतन्याहुको बयानमाथिको जिरहको चरणमा रहेको छ । उनीमाथि सन् २०१९ देखि सम्बन्धित तीन वटा भ्रष्टाचार आरोपमा मुद्दा चलिरहेको छ ।

यो घटनालाई पछिल्लो समय भइरहेका स्थगनको निरन्तरताको रूपमा हेरिएको छ । यसअघि पनि अदालतमा नेतन्याहुका उपस्थितिहरू पटक–पटक सारिँदै आएका छन् ।

यी ढिलाइहरू प्रायः गाजा, लेबनान र इरानसँग सम्बन्धित द्वन्द्व र युद्ध परिस्थितिसँग जोडिएका छन्, जसलाई कारण देखाउँदै सुनुवाइहरू स्थगित हुँदै आएका छन् विश्लेषकहरूका अनुसार लगातार भइरहेको स्थगनले मुद्दाको प्रक्रियामा थप जटिलता ल्याउन सक्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij