चितवन : चितवनको इच्छाकामना गाउँपालिकाले शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान वैशाख २ गतेदेखि नै सुरु गरेको छ। सङ्घीय सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेबाट मात्र पठनपाठन सञ्चालन गर्न निर्देशन दिए पनि गाउँपालिकाले भने स्थानीय निर्णयअनुसार अगावै भर्ना अभियान सुरु गरेको हो।
गाउँपालिकाका अनुसार वैशाख २ गतेदेखि ७ गतेसम्म भर्ना अभियान सञ्चालन गरिनेछ भने वैशाख ८ गतेदेखि नियमित पठनपाठन सुरु गरिनेछ।
गाउँपालिकाले नेपालको संविधान, प्रचलित कानुन तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्म शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहमा रहने व्यवस्था अनुसार निर्णय गरिएको जनाएको छ।
गाउँपालिका शिक्षा समिति तथा सरोकारवालाहरूको निर्णयअनुसार गाउँपालिकाको शैक्षिक क्यालेन्डर बमोजिम सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वैशाख २ गतेदेखि ७ गतेसम्म भर्ना अभियान सञ्चालन गरी वैशाख ८ गतेबाट पठनपाठन सुरु गरिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij