Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सामुदायिक विद्यालयबाट एक्लै ४ जीपीए ल्याउने आरोन

सामुदायिक विद्यालयबाट एक्लै ४ जीपीए ल्याउने आरोन

भरतपुर : भरतपुर महानगरस्तरीय आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को शुक्रबार सार्वजनिक नतिजामा सामुदायिक विद्यालयतर्फ एक जना विद्यार्थीले मात्र ४ जीपीए ल्याउन सफल भएका छन् ।

नारायणी नमूना माध्यमिक विद्यालय, भरतपुरका छात्र आरोन अधिकारीले सामुदायिक विद्यालयतर्फ एक्लै ४ जीपीए हासिल गरेका हुन् ।

संस्थागत विद्यालयतर्फ भने ७ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् ।

महानगर शैक्षिक महाशाखाका अनुसार यस वर्ष कक्षा ८ को परीक्षामा कुल ७,५८९ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४,३११ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजाले संस्थागत र सामुदायिक विद्यालयबीचको शैक्षिक उपलब्धिमा अझै अन्तर रहेको संकेत गरेको सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट