भरतपुर : चितवनको जेन–जी प्रतिनिधिमण्डलले भरतपुर महानगरपालिकामा सडक बालबालिका तथा बालबालिकामा बढ्दो लागू पदार्थ दुर्व्यसन नियन्त्रणका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ।
प्रतिनिधिमण्डलले उक्त समस्याको दीर्घकालीन समाधानका लागि ठोस नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै महानगरको ध्यानाकर्षण गराएको हो। सो अवसरमा महानगर प्रमुख कार्यकारी चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीसँग यस विषयमा विस्तृत छलफल समेत गरिएको थियो।
छलफलका क्रममा समस्याको प्रभावकारी समाधानका उपायहरू, रोकथामका रणनीति तथा सरोकारवाला निकायबीचको समन्वयबारे विचार आदान–प्रदान गरिएको जनाइएको छ।
जेन–जी चितवनले सामाजिक समस्याप्रति महानगर गम्भीर भएर छिटो, ठोस र दिगो कदम चाल्ने अपेक्षा व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij