भरतपुर : गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट ठूलो क्षति पुगेको चितवनस्थित भाटभटेनी सुपरमार्केट पुनर्निर्माणपछि पुनः सञ्चालनमा आउने भएको छ। पूर्ण रूपमा क्षतिग्रस्त बनेको उक्त स्टोर लामो पुनर्निर्माण कार्यपछि भोलि (शुक्रबार) देखि सेवा सुरु गर्न लागिएको हो।
आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा रहेका केही भाटभटेनी शाखामा समेत क्षति पुगेको थियो। तीमध्ये चितवन शाखा सबैभन्दा बढी प्रभावितमध्ये एक बनेको थियो। निरन्तर पुनर्निर्माणपछि अहिले स्टोर पुनः सञ्चालनको अवस्थामा पुगेको व्यवस्थापनले जनाएको छ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ ले यस्ता घटना भविष्यमा दोहोरिन नदिन शान्ति र स्थायित्व आवश्यक रहेको बताएका छन्। उनले देशमा पुनः यस्ता क्षति नहोऊन् भन्ने कामना व्यक्त गर्दै दोषीलाई कारबाही गर्नुपर्ने धारणा राखेका छन्।
सुपरमार्केट पुनः सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताहरूलाई दैनिक उपभोग्य वस्तु खरिदमा सहजता हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij