माडी : माडी -१, बरुवा बजारमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा २४८ जना बालबालिका सहित ७६१ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।
सौराहास्थित ग्रीन सोसाइटी नेपालको आयोजना र माडी–१ वडा कार्यालयको सह(आयोजनामा शनिवार सम्पन्न सो शिविरमा माडीभरबाट सो उल्लेख्य सहभागिता रहेको हो ।
शिविरमा २४८ बालबालिका तथा ५१३ जना पुरुष महिला ९युवादेखि ज्येष्ठ नागरिकसम्म०ले स्वास्थ्य सेवा लिएको कार्यक्रम संयोजक श्रीलाल परियारले जनाउनुभयो ।
यसबाहेक, न्यूरो सम्बन्धी स्वास्थ्य समस्या भेटिएका १४ र ९ महिना उमेरका दुई बालबालिकालाई थप ९निःशुल्क० उपचारका लागि आयोजक संस्थाले भरतपुर लगेको वडाध्यक्ष अमित लामाले बताउनुभयो ।
शिविरमा सुगर तथा प्रेसरका बिरामीको परीक्षण, जनरल हेल्थ चेकअप, दन्तरोग, फिजियोथेरापी, बाल रोग, स्त्रीरोग, रक्त परीक्षण, दन्तमञ्जन र ब्रस वितरण, निःशुल्क औषधि वितरण, सेनिटरी प्याड वितरण, एक्स रे परीक्षण र बालबालिकाहरुका लागि लिटो वितरण समेत भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij