Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कलाकार सागर लम्साल पक्राउ

कलाकार सागर लम्साल पक्राउ

काठमाडौँ : एक युवतीले बलात्कारको आरोप लगाएपछि कलाकार सागर लम्साललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको हो।

अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लम्सालले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। अमेरिका आएको बेला भएको भेटघाटका क्रममा उनले बलात्कार गरेको उल्लेख गरेकी थिइन्।

उनले घटना सार्वजनिक गरेपछि सोधपुछका लागि लम्साललाई झिकाइएको प्रहरीले बताएको छ। ती पीडित युवतीसँग पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ । पीडितको तर्फबाट जाहेरी भने अहिलेसम्म आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट