Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा कर्णाली सहमहामन्त्रीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रास्वपा कर्णाली सहमहामन्त्रीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सुर्खेतस्थित सामुदायिक वनको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार अभियुक्तहरूले बिना औपचारिक निर्णय रकम खर्च गर्ने, नक्कली कागजात तयार गरी भुक्तानी लिने तथा काठ बिक्रीबाट प्राप्त १२ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पाइएको छ।

उक्त कार्यबाट सामुदायिक वन उपभोक्ता समूहको कोषमा हानि पुगेको भन्दै आवश्यक अनुसन्धानपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

मुद्दा दायर भएसँगै सम्बन्धित व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढ्ने भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट