माडी : माडी नगरपालिकाले डिजिटल पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै “exploremadi.com” नामक पर्यटकीय पोर्टल परीक्षणका रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
नगर कार्यपालिकाको बैठकले बिटफ्लक्स टेक्नोलोजीको प्राविधिक सहयोगमा तयार गरिएको उक्त पोर्टल केही समय परीक्षणपछि आगामी नयाँ वर्ष बैशाख १, २०८३ देखि आधिकारिक रूपमा सञ्चालनमा ल्याइने निर्णय गरेको हो।
पोर्टलमा माडीका पर्यटकीय सम्पदाबारे विश्वका विभिन्न भाषामा अनलाइन अनुवादसहित जानकारी उपलब्ध गराइनेछ। साथै, माडीभित्र रहेका घरबास (होमस्टे)हरूको विवरण, अग्रिम बुकिङ प्रणाली तथा अतिथिको अभिलेख व्यवस्थापनसमेत समेटिएको छ।
यसका अतिरिक्त पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री, सम्पदा क्षेत्रमा द्रुत संकेत चिन्ह स्थापना, सुझाव तथा गुनासो व्यवस्थापन प्रणाली र डिजिटल पर्यटन नक्साङ्कनजस्ता सुविधाहरू पनि पोर्टलमा समावेश गरिने जनाइएको छ।
नगरपालिकाले यस पोर्टलमार्फत माडीलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकमाझ थप प्रवर्द्धन गर्ने विश्वास लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij