Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दाङमा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको चौथो साधारण सभा : होटल व्यवसायीबीच एकता

दाङमा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको चौथो साधारण सभा : होटल व्यवसायीबीच एकता

दाङ : होटल व्यवसायीहरूको साझा संस्था होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित होटेल मधुवनमा। होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षता तथा होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

  आर्थिक विकास आजको आवश्यकता, व्यवसायी एकता हाम्रो प्रतिबद्धता, भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रमुख अतिथि चुकेले होटल व्यवसायीहरूबीच एकता आवश्यक रहेको बताउँदै आफ्ना हकहित संरक्षणसँगै देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन व्यवसायीहरू अग्रसर हुनुपर्नेमा जोड दिए। उनले पर्यटन र होटल व्यवसायलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

यसैगरी विशिष्ट अतिथि तथा महासंघ नेपालका संस्थापक अध्यक्ष माधव कुमार नेपाल लगायत अन्य अतिथिहरूले होटल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता तथा संस्थागत सुदृढीकरणमा जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष ददिराम भण्डारी को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश बेलबासे ले गरेका थिए।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, गीत तथा नृत्यले कार्यक्रम थप आकर्षक बनेको थियो। उपस्थित सहभागीहरूका लागि खानाको व्यवस्था समेत गरिएको थियो।

साधारण सभाले संगठन सुदृढीकरण, व्यवसायीहरूको हकहित संरक्षण तथा प्रदेशस्तरमा होटल व्यवसायको प्रवर्द्धन गर्ने विषयमा थप प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट