Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दाउन्ने सडक खण्डमा दुर्घटना: ३ जनाको मृत्यु, १५ घाइते

दाउन्ने सडक खण्डमा दुर्घटना: ३ जनाको मृत्यु, १५ घाइते


कुस्माकर ढकाल

बर्दघाट : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्डमा बस, ट्रक र पिकअप एकआपसमा ठोक्किँदा भीषण दुर्घटना भएको छ। उक्त दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु २ ख २३५१ नम्बरको यात्रुवाहक बस र ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीले जनाएको छ। ठक्करपछि बस करिब १०० मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका यात्रुहरूमध्ये केहीको उपचार लुम्बिनी सिटी अस्पताल मा भइरहेको छ भने अन्य घाइतेहरूको उपचार स्थानीय चिसापानी अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ।
मृतकहरूको शव जिल्ला अस्पताल, परासीमा राखिएको छ।
प्रहरीका अनुसार उक्त यात्रुवाहक बस काठमाडौंबाट रोल्पातर्फ जाँदै थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट