चितवन : निर्माण सामग्री हार्डवेयर व्यवसायी संघ चितवनको २८औँ साधारण सभा तथा १८औँ अधिवेशन भरतपुर–११, गणेशथान चोकस्थित संघको कार्यालयमा सम्पन्न भएको छ।

संघका अध्यक्ष नरहरी घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा राजेन्द्र ओली विशिष्ट अतिथि रहनुभएको थियो भने नारायण प्रधान, जनक पौडेल र राजन पिया अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन महासचिव बाबुराज श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले हार्डवेयर व्यवसायले विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा डकर्मी, सिकर्मी, प्लम्बिङ तथा विद्युतसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्न महानगर र संघबीच सहकार्य गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
अधिवेशनको बन्द सत्रबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ। अध्यक्षमा अर्जुन लामिछाने चयन हुनुभएको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा तोयानाथ घिमिरे, प्रथम उपाध्यक्षमा शालिकराम दवाडी, द्वितीय उपाध्यक्षमा विश्वबन्धु पौडेल र तृतीय उपाध्यक्षमा बाबुराज श्रेष्ठ चयन हुनुभएको छ।

त्यस्तै महासचिवमा सुनिल आचार्य, सचिवमा मनोज खनाल, कोषाध्यक्षमा अस्मिता तिमिल्सिना तथा सह–कोषाध्यक्षमा हरी प्रसाद अधिकारी चयन हुनुभएको छ। सदस्यहरूमा प्रमोद आचार्य, प्रजीत आचार्य, रोशन आचार्य, राम प्रसाद घिमिरे, मनिष रौनियार, लक्ष्मण सापकोटा र दीपक न्युरे चयन हुनुभएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij