Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा

काठमाडौं : राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा केहिबेर अघि सिंहदरबारमा बैठक बसेको हो । बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुको समिति विभाजन लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij