काठमाडौँ : ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ।
विश्व स्वास्थ्य सङ्गठनका साथै दन्त विशेषज्ञहरूले दाँत सफा गर्ने, नियमित दाँत जाँच गराउने, र अत्यधिक चिनी तथा प्रशोधित खानाबाट बच्न सल्लाह दिएका छन्। उनीहरूले स्वस्थ मुख नै स्वस्थ जीवनको आधार भएको बताएका छन्।
विश्व दन्त महासङ्घको आह्वानमा आज स्वास्थ्य मन्त्रालय, दन्त चिकित्सक सङ्घ र विभिन्न स्वयंसेवी संस्था समुदायमा दन्त स्वास्थ्य शिविर, कार्यशाला र चेतनामूलक अभियान सञ्चालन गरिने छन्। यो दिवस सन् २०१३ देखि मनाउन प्रारम्भ भएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij