चितवन : चितवन राष्ट्रिय निकुञ्ज भित्रको कसरा क्षेत्रमा अवस्थित बिक्रम बाबा मन्दिर मा हुने वार्षिक पूजा–आराधना आजदेखि सुरु भएको छ।

चैत्र ५ गतेदेखि सुरु भएको उक्त पू जा १५ दिनसम्म निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ। स्थानीय बासिन्दा तथा सरोकारवालासँगको छलफलपछि मिति तय गरिएको हो।
हरेक वर्ष आयोजना हुँदै आएको यस पूजा–आराधनामा देशका विभिन्न जिल्लाबाट हजारौं भक्तजनहरू सहभागी हुने गरेका छन्। भक्तजनहरूले मन्दिरमा पुगेर विशेष पूजाआजा, भजन–कीर्तन, प्रसाद वितरण तथा धार्मिक अनुष्ठानमा सहभागिता जनाउने गर्दछन्।
बिक्रम बाबा मन्दिरलाई स्थानीय रूपमा धार्मिक आस्थाको केन्द्रका रूपमा लिइन्छ। यहाँ पूजा गर्दा मनोकामना पूरा हुने विश्वास रहेको छ, जसका कारण हरेक वर्ष श्रद्धालुहरूको ठूलो उपस्थिति रहने गरेको छ।

पूजा सुरु भएसँगै मन्दिर परिसरमा भक्तजनहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ। कसरा क्षेत्र अहिले धार्मिक माहोलले भरिएको देखिन्छ।
भक्तजनहरूको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायले सुरक्षा व्यवस्था कडा बनाएको छ भने आवागमन तथा व्यवस्थापनलाई सहज बनाउन आवश्यक तयारी गरिएको छ।
१५ दिनसम्म सञ्चालन हुने यस पूजा–आराधनाले धार्मिक आस्था प्रवर्द्धनसँगै स्थानीय पर्यटनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij