Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन राष्ट्रिय निकुञ्ज भित्र जिर्ण अवस्थाको टाईगर टप्स होटल

चितवन राष्ट्रिय निकुञ्ज भित्र जिर्ण अवस्थाको टाईगर टप्स होटल

कावासोती : लोपोन्मुख एकसिंगे गैंडा र पाटे बाघको चोरी शिकारी बढेको भन्दै २०६९ असार मसान्तबाट चितवन राष्ट्रिय निकुञ्ज भित्रका होटल, रिसोर्ट र लजको नवीकरण बन्द गरे पछि अलपत्र अवस्थामा रहेको टाईगर टप्स होटल । राष्ट्रिय निकुञ्जभित्र सञ्चालनमा रहेका होटलहरूलाई बाहिर सार्ने सरकारी नीतिपछि यो होटल बन्द भयो। त्यसयता भवन, काठका कुटीहरू र अन्य संरचनाहरू मर्मत अभावका कारण क्रमशः जिर्ण बन्दै गएका छन्।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना नहुदै खुलेको टाईगर टप्स होटल सन् १९६४ मा ब्रिटिस नागरिक जिम एडर्वड्स र अमेरिकन नागरीक वान्ना र केलीनले टाइगर टप्स हन्टिङ कम्पनीको नामबाट चारकोठामा टाइगर टप्स सुरु गरेका थिए । राष्ट्रिय निकुञ्ज नियमावली, २०३० मा स्पष्ट व्यवस्था नभएको भन्दै सरकारले होटलको नविकरण बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट