Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

उघोग संघ इलाका प्रहरी कार्यालय रत्ननगरलाई फर्निचर हस्तान्तरण

उघोग संघ इलाका प्रहरी कार्यालय रत्ननगरलाई फर्निचर हस्तान्तरण

चितवन : चितवन उद्योग संघ रत्ननगर समितिले इलाका प्रहरी कार्यालय रत्ननगर (टाँडी) लाई आवश्यक फर्निचर हस्तान्तरण गरेको छ। संघका अध्यक्ष सुभाष चन्द्र गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सुवास भट्टलाई उक्त फर्निचर हस्तान्तरण गरिएको हो।

सो अवसरमा अध्यक्ष गौतमले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी कार्यालयलाई आवश्यक सामग्री उपलब्ध गराइएको बताए। उनले उद्योगी व्यवसायी र सुरक्षा निकायबीचको सहकार्यले समाजमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै डिएसपी भट्टले उद्योग संघले गरेको सहयोगले प्रहरीलाई नागरिकमैत्री सेवा प्रदान गर्न थप सहज हुने बताए। कार्यक्रम चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। संस्थाका सचिव शालिकराम बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा संघका संस्थापक अध्यक्ष गजेन्द्र अधिकारी, पूर्व अध्यक्षहरू गोविन्द प्रसाद खनाल र उमाकान्त पौडेल, उपाध्यक्ष प्रमेश्वर भण्डारी, नगर उपाध्यक्ष माधव थपलिया र दीपक चापागाईं लगायतको उपस्थिति रहेको जानकारी कोषाध्यक्ष गीता सिम्खडाले दिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट