हैदराबाद : दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको एउटा पुरानो अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि उनले कडा आपत्ति जनाएकी छन्। यसलाई आफ्नो गोपनीयताको गम्भीर उल्लंघन भन्दै रश्मिकाले उक्त सामग्री फैलाउनेहरूलाई २४ घण्टाभित्र हटाउन चेतावनी दिएकी हुन्। यदि तोकिएको समयभित्र अडियो नहटाइएमा कानुनी कारबाही अघि बढाउन आफू बाध्य हुने उनले स्पष्ट पारेकी छन्।
रश्मिकाले इन्स्टाग्राममार्फत एक लामो नोट सेयर गर्दै भाइरल भइरहेको अडियो करिब आठ वर्ष पुरानो निजी कुराकानीको हिस्सा भएको बताएकी छन्। उनका अनुसार यो कुराकानी सम्बन्धित व्यक्तिहरूको अनुमति र जानकारी बिना रेकर्ड गरिएको थियो, जसलाई अहिले गलत सन्दर्भमा प्रयोग गरिँदै छ।
पछिल्ला केही वर्षदेखि आफूमाथि नियोजित रूपमा ट्रोलिङ र गलत जानकारी फैलाउने काम भइरहेको भन्दै उनले अब चुप लागेर नबस्ने निर्णय लिएकी हुन्। यस विवादका कारण आफ्नो परिवार र आफन्तले अनावश्यक मानसिक तनाव झेल्नु परेकोमा उनले दुःख व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमा भाइरल भएको उक्त अडियो रश्मिकाको पुरानो सम्बन्ध र टुटेको इन्गेजमेन्टसँग सम्बन्धित रहेको बताइएको छ। रिपोर्टहरूका अनुसार रश्मिकाकी आमा र एक परिचित व्यक्तिबिच भएको फोन संवादमा कन्नड अभिनेता तथा निर्देशक रक्षित शेट्टीसँगको सम्बन्ध र दुई परिवारबिचको मतभेदका बारेमा चर्चा गरिएको सुनिन्छ।
रक्षित शेट्टी कन्नड सिनेमाका चर्चित स्टार हुन्, जोसँग रश्मिकाको केही वर्षअघि इन्गेजमेन्ट भएको थियो तर पछि उक्त सम्बन्ध टुटेको थियो। आफ्नो मर्यादा र मानसिक शान्तिका लागि आवाज उठाउनु अनिवार्य भएकउनले आफ्नो कठिन समयमा साथ दिने फ्यानहरूलाई धन्यवाद दिँदै अब गोपनीयताको सुरक्षाका लागि कुनै सम्झौता नगर्ने बताएकी छन्।
एजेन्सी
लेखकबाट थप
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij