Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको आक्रमण, सबै सेवा अस्थायी रुपमा स्थगित

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको आक्रमण, सबै सेवा अस्थायी रुपमा स्थगित

संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलका सबै सेवा अस्थायी रूपमा स्थगित गरिएको छ । दुबई मिडिया अफिसका अनुसार यात्री, विमानस्थलका कर्मचारी तथा विमान चालक दलको सुरक्षालाई ध्यानमा राख्दै विमानस्थलका सबै सेवा अस्थायी रुपमा स्थगित गरेको हो । मिडिया रिपोर्टका अनुसार विमानस्थलमा इरानले आक्रमण गरेको र सो आक्रमणलाई विफल पारेको बताइएको छ तर सामाजिक सञ्जाल र मिडियामा विमानस्थलमा भने धुवा उडेको देखिएको छ ।

उडान निगरानी गर्ने वेबसाइट फ्लाइटरडार चौबीसका अनुसार केही विमान आकाशमै घुम्दै प्रतीक्षामा राखिएका छन् भने केहीलाई अन्य विमानस्थलतर्फ मोडिएका थिए । प्राप्त विवरणअनुसार टर्मिनल-३ नजिकैको गेट सि- १८ क्षेत्रमा धुवाँ उठिरहेको देखिएको छ । उक्त धुवाँ ईरानबाट प्रहार गरिएका क्षेप्यास्त्र रोक्ने क्रममा खसेको भग्नावशेषका कारण भएको हुन सक्ने अनुमान गरिएको छ ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै अत्यधिक व्यस्त अन्तर्राष्ट्रिय यात्रु आवागमन हुने विमानस्थलमध्ये एक हो । गत मार्च १ मा यहाँ नियमित उडानहरू केही समयका लागि रोकिएका थिए। हाल सीमित रूपमा करिब १०६ उडान मात्र सञ्चालनमा रहेको बताइएको छ । यसैबीच युरोपेली उड्डयन सुरक्षा निकायले खाडी क्षेत्रको आकाशीय मार्ग प्रयोग गर्दा जोखिम रहेको चेतावनी मार्च ११ सम्मका लागि थप बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट